काठमाडौँ – पछिल्लो समय अनलाइन सपिङ्ग निकै सहज भएका कारण लोकप्रिय बनेको छ । पसल वा स्टोरसम्मै पुगेर किनमेल गर्नुपर्ने झन्झट एकै क्लिकमा घरसम्मै आफूले चाहेको सामान आइपुग्ने भएका कारण पनि यो लोक प्रिय बनेको हो । पछिल्लो समय प्रविधिले मारेको फड्कोसँगै अनलाइन सपिङ्गले राम्रो बजार हिस्सा ओगटेको छ ।
सबैभन्दा चर्चित र नेपालको संभवत ठूलो अनलाइन सपिङ्ग पोर्टल दराज भने बेला बेलामा चर्चामा आउने गरेको छ । बम्पर अफरको नाममा मूल्य दोब्बर बढाएर त्यसैलाई डिस्काउण्टमा हाल्ने गरेको फण्डा त यस अगाडी नै छताछुल्ल भइसकेको छ ।
दराजले २ हजार ९ सय मूल्य राखेको सोही ब्राण्डको प्रिमियम चामललाई भने मेरो किराना अनलाइन सपिङ्गले २५ सय ४८ रुपैयामा बिक्रि गरिरहेको छ । सोहि सामानको मूल्य सेल्सबेर्री अनलाइनले २३ सय ९९ रुपैया निर्धारण गरेको छ । एकै समानमा यति धेरै रकमको फरक हुनुले नेपालको परिचित अनलाइन सपिङ्ग दराजले लुट मच्चाइरहेको पुष्टि गर्छ ।
यो त एउटा मात्र उदाहरण भयो । यसै गरी दराज अनलाइनमा राखिएका सामानको मूल्य र अन्य पोर्टलमा राखिएका सोही समानको मूल्यमा धेरै नै अन्तर भेटाउन सकिन्छ ।
ससाना चिया पसललाई अनुगमन गर्दै हिड्ने अनुगमन टोलीको नजर यस्ता ब्रह्मलुट मच्चाइरहेका अनलाइन सपिङ्ग माथी पनि पर्न जरुरी देखिन्छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३