काठमाडौं – बन्दीप्रत्यक्षीकरणको मुद्दा सुनुवाई गर्ने बताएका सर्वोच्च अदालतका न्यायाधीशहरुले २४ घन्टा नबित्दै प्रतिवद्धता तोडेका छन् ।
प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीश र प्रधानन्यायाधीशबीच बन्दीका मुद्धा सुनुवाइ गर्ने सहमति बनेको थियो ।
प्रधानन्यायाधीशले आफुलाई मुद्दा नतोक्ने, बन्दी बाहेकका मुद्दाको पेसी नराख्ने सहमति भएपछि हिजो न्यायाधीशहरुले बन्दीका निवेदनमा सुनुवाइ गरेका थिए ।
तर आज भने उनीहरुले हिजोकै जस्तो प्रकृतिका मुद्दामा सहभागिता जनाएनन् । एक न्यायाधीशका अनुसार न्यायाधीशहरुको आन्तरिक छलफल र प्रधानन्यायाधीशको अडानका कारण इजलासमा नजाने निर्णय भएको हो ।
जबराले आफुबाहेक आजका लागि ६ वटा इजलास गठन गर्दै १० वटा बन्दीका रिट सुनुवाईका लागि पेसी तोकेका थिए ।
मुद्दा सुनुवाइ रोकेर थप रणनीति बनाउन न्यायाधीशहरु अहिले आन्तरिक छलफलमा जुटेका छन् । प्रधानन्याधीशको भूमिकाप्रति असन्तुष्ट हुँदै मुद्दा छाडेर छलफलमा जुटेकाे एक न्यायाधीशले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३