Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ अषाढ १४, मंगलबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध आर्थिक एकीकृत समाजवादी एमाले कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पर्यटन पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार बैंक महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल राष्ट्र बैंक रोजगार विनिमय दर विश्व शिक्षा शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत सिसिएमसिसी स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

१ घण्टा अघि
२

अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने

२0 घण्टा अघि
३

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल

२१ घण्टा अघि
४

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

१ दिन अघि
५

काठमाडौंमा ९ जनामा देखियो हैजा

१ दिन अघि
६

फतुवा विजयपुरका नवनिर्वाचित मेयरविरुद्ध डेढ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

१ दिन अघि
७

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा

१ दिन अघि
८

चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक

१ दिन अघि
९

मन्त्री हेरफेर मुद्दा पेचिलो बन्दै , दबाबमा माधव नेपाल

३ दिन अघि
१०

राजस्व चुहावट आरोपमा प्रमुख प्रशासकीय अधिकृत सेढाईविरुद्ध मुद्दा दायर

३ दिन अघि
११

शुक्रबार घट्यो सुनको मूल्य

३ दिन अघि
१२

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

४ दिन अघि

धेरै पढिएका

१

नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट ब्रह्म लूट

३ हफ्ता अघि
२

संचारकर्मी विना श्रेष्ठको उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक (भिडियोसहित)

२ हफ्ता अघि
३

मेयर बालेनको अभियानमा साथ् दिदै होन्डाको नेपाल आधिकारिक बिक्रेता स्याकर (भिडियो)

२ हफ्ता अघि
४

गायिका रितु कँडेलको “कहाँ हो तिम्रो मावल…” सार्बजनिक (भिडियोसहित)

३ हफ्ता अघि
५

ससुरा र देवरको हत्या गरेको आरोपमा २६ वर्षकी बुहारीसहित ३ पक्राउ

३ हफ्ता अघि
६

कामपा वडा १९ मा नेपाली काँग्रेसको विजयी र्याली

१ महिना अघि
७

एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

३ हफ्ता अघि
८

महानगरको फोहोर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल गठन

४ हफ्ता अघि
९

मेयर बालेनले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध

३ हफ्ता अघि
१०

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं फर्कियो

३ हफ्ता अघि
११

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा अवरोध

३ हफ्ता अघि
१२

सम्पर्कविहीन भएको तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेको पुष्टि

४ हफ्ता अघि

आन्दोलन जारी रहन्छ, वार पारमा लागेका छौं : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी

प्रकाशित मिति: २०७८ कार्तिक १७, बुधबार (७ महिना अघि)

  • ३०८ पटक पढिएको
  • वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी सार्वजनिक सरोकारका विषयमा अहिले पनि सक्रिय छन् । उमेरले ९५ वर्ष कटे पनि उनी नियमित बार र अदालत आउँछन् । सार्वजनिक सरोकारका मुद्दामा बहस पनि गर्छन् । भण्डारी पहिलो प्रतिनिधिसभा विघटन मुद्दामा बहस गर्दा ‘बाजे वकिल’ भनेर चर्चामा आएका थिए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले ‘बाजे वकिललाई इजलासमा उभ्याएर तमासा गरे’ भनेका थिए । अहिले भ्रष्टाचार, विकृति, विसंगतिमा फसेको न्यायलय शुद्धीकरणका लागि भइरहेको आन्दोलनमा पनि बयोवृद्ध वरिष्ठ अधिवक्ता भण्डारी उपस्थित भएका छन् । मंगलबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायीसँगै धर्ना दिएर नेपाल बार एसाेसिएसनको प्रांगणमा सम्बोधन गरेका भण्डारीले न्यायिक शुद्धता र सुधारका लागि आन्दोलनमा आएको बताए । जनतामा न्याय र सक्षम व्यक्तिको हातमा न्यायलय हुनुपर्ने धारणा राखे । औपचारिक कार्यक्रमको सम्बोधनपछि इतिहास बोकेका, आफ्नो जीवनकालमा थुप्रै प्रधानन्यायाधीश फेस गरेका वरिष्ठ अधिवक्ता भण्डारीसँग बार परिसरमा गरिएको कुराकानी :

    नेपाल बार एसाेसिएसनको आन्दोलनलाई कसरी हेर्नुभएको छ ?

    अहिले हामी घर सफा गर्ने, विसंगति विकृति हटाउने आन्दोलन हो । यिनी (चोलेन्द्र) हट्यो भने सुधार सुरू हुन्छ । अरू एक्सपर्ट छन् । सुधारको बाटोमा जान्छ । जंगबहादुरले नेपालमा न्यायको सुरूवात गरे । जुद्धशमशेरको बेलामा पनि न्याय राम्रो थियो । न्याय हाम्रो देशको धरोहर हो । खुंखार राणाकालमा पनि न्याय तलमाथि भएन । अहिले हेर्नुस् त न्याय व्यवस्था । त्यहीँ भएर हामी आन्दोलनमा छौं । जनताको न्याय जनताले मान्ने नेतृत्व भनेर लागेका छौं ।

    न्यायाधीशको इजलास बहिष्कारलाई कसरी लिनुहुन्छ ?

    न्यायाधीशहरूको बहिष्कार धेरै राम्रो हो । अहिले जनताको नजरमा न्यायाधीश एकदम भ्रष्ट हुँदै गइरहेको छ । असल न्यायाधीशहरू जनताको नजरमा खराब भए । उहाँहरु सुधारका लागि उठ्नुभयो । शुद्धीकरणकै बाटोबाट उहाँहरुको आन्दोलन आएको छ । जायज छ ।

    तपाईहरु बार एशोसिएसनको आन्दोलनमा हुनुहुन्छ । अर्कोतिर सेतोपट्टी बाधेर केही कानुन व्यवसायीले प्रधानन्यायाधीशले राजीनामा दिँदैमा समस्या हल नहुने भनिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ।

    राजा ज्ञानेन्द्रले राजगद्दी सडकबाटै छोडे । जनता सार्वभौम हो । जनतालाई हेला गर्ने कही पदमा बाँकी रहन्छ । त्यसैले हामीलाई शुद्धीकरणको निम्ति बाटो तयार गर्न राजीनामा बाहेक विकल्प छैन । छोड्दै छोडेन भने हामी अन्तिम तहसम्म पनि जान तयार छौं । अहिले मर्यादित रूपमा भनिरहेका छौं ।

    तर एकातिर प्रधानन्यायाधीशको पक्षमा सेतोपट्टी बाधेर उत्रिए नि ?

    अदालतमा बिचौलियाहरू छन् । न्यायाधीशहरूले नै बिचौलिया तयार गरे । ती बिचौलियालाई त छटपटी हुन्छ । असल न्यायाधीश आयो भने सबै खत्तम हुन्छ । त्यसैले सेतोपट्टी बाँध्नेहरु बिचौलिया हुन् । यी न्यायाधीशका गिरोहका मान्छे हुन् ।

    तपाईले आफ्नो जीवनकालमा धेरै प्रधानन्यायाधीश देख्नुभयो । अहिलेजस्तो अन्तर्वार्ताबाट सफाइ दिएको, यति धेरै विवादमा परेको, यो तहको आन्दोलन भएको इतिहास छ ?

    मेरो जीवनकालमा हरिप्रसाद प्रधान (पहिलो प्रधानन्यायाधीश) को जमाना सुरुवातदेखि विश्वनाथजीको पुस्तासम्म यति प्रधानन्यायाधीश भए एउटा खोट देखाउन सक्नुहुन्न । २०४६ सालपछि केदारजीहरू, अनुपजीहरू भए । तर सुधार गरेको रामप्रसाद श्रेष्ठले हो । राम्रो पनि हो सुधारेको पनि हो । न्यायाधीशहरू धेरै राम्रो राम्रो थिए । खै हामीले आन्दोलन नै गरेनौं । हाम्रो यस्तो इतिहासलाई अहिले उहाँ (चोलेन्द्र)ले खराब बनाउने, धुमिल पार्दै हुनुहुन्छ । रोम जलिरहेको बेला निरो बासुरीको धुनमा मग्न रहेको अवस्थाजस्तै न्याय व्यवस्था अस्त व्यस्त हुँदा, जनताले अन्याय र दु:ख पाइरहेको छ । तर उनी संवैधानिक नियुक्ति भनिरहेका छन् । संवैधानिक नियुक्तिको कर्तव्य हुँदैन र ?

    प्रधानन्यायाधीशले सम्मानजनक रूपमा जाने पनि भन्नु भएको छ नि ?

    म पनि कसैलाई असम्मान गर्ने पक्षमा छैन । कसैले गल्ती गर्छ भने उसको कमजोरी हो । सम्मानपूर्वक बहिगर्मन नै चाहन्छन् भने म त्यसलाई स्वागत गर्छु । हामी सिस्टम र न्यायिक नेतृत्वलाई सुधार गर्न गइरहेका छौं । उनी छोड्दिन्छ उत्तम भयो । त्यहीँ नै स-सम्मान होइन र ? सम्मान भनेको के छोड्नु हो ।

    एमाले अध्यक्ष केपी ओलीले त प्रधानन्यायाधीशमात्र होइन परमादेश फैसला गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्छ भन्नुभएको छ । तपाईले नि बहस गर्नुभएको थियो, कसरी लिनुभएको छ ?

    केही जनता ओलीको पक्षमा छन् । एउटा गुट छ । तर म दावाका साथ भन्छु संसद् विघटनसम्बन्धी दुइटा फैसला भए नि पछिल्लो फैसलाजस्तो संसारमा कुनै फैसला छैन । एक-एक बुँदामा महत्वपूर्ण कुराहरू लेखिएको छ । ९५ वर्षको मेरो जीवनकालमा यस्तो उत्तम फैसला देखेको छैन । अमेरिका, बेलायत र भारतको फैसला पढेको छु । तर यो फैसला मैले उत्तम भनिरहेको छु । यति राम्रो फैसला छ । त्यस्तो फैसलालाई एउटा प्रधानमन्त्री भइसकेको पूर्वप्रधानमन्त्री जस्तो मान्छेले दोष लगाउने, हरे राम राम । उनले राजनीतिक प्रश्न उठाउलान । तर फैसला र गर्ने न्यायमूर्ति हाम्रो धरोहर हुन् ।

    अबको निकास के हो त ?

    प्रधानन्यायाधीशले राजीनामा दिने एकमात्र विकल्प हो । जनतामा न्याय, सक्षम व्यक्तिको हातमा न्यायालय हुनुपर्छ । अहिले देशमा न्याय नै छैन । न्याय छिटो हुन्छ । तर आज बिचरा गरिबहरू १०/१० वर्ष तारिखमा बसेका छन् । हिजो मलाई भेटेर एउटा गरिबले के भन्यो भने, ‘हजुर तारिख धाउँदा धाउँदा मर्न लागे, सबै सम्पत्ति पनि सकियो । न्याय पाइन ।’ पाप लाग्छ गरिबहरूको । न्याय छँदै छैन अहिले । सक्षम व्यक्तिको हातमा गयो भने न्यायालय शुद्धीकरण हुन्छ, जनताले न्याय पाउँछन् । त्यसका लागि प्रधानन्यायाधीशले राजीनामा जरुरी छ ।

    प्रधानन्यायाधीशलाई के भन्न चाहनुहुन्छ ?

    तुरुन्त राजीनामा दिनुस् । शुद्धीकरणको बाटो खोलिदिनुस् । उहाँ हट्नुभयो भने हामी शुद्धीकरणको बाटोमा जान्छौं । न्युट्रलमा जान्छौं ।

    तपाईहरूको आन्दोलन पार लाग्छ त ?

    आन्दोलन जारी रहन्छ । वार पारमा लागेका छौं । पार लाग्छ ।  

    प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा (अन्तर्वार्ता)
    हरप्रहर

    मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा (अन्तर्वार्ता)

  • योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ 
    हरप्रहर

    योगेश भट्टराईसँगको अन्तर्वार्ता : सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ 

  • लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगकाे अन्तर्वार्ता)
    हरप्रहर

    लिग खेल्ने नखेल्ने निर्णय लिएको छैन (किरण चेम्जोङसँगकाे अन्तर्वार्ता)

  • ‘प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ’ : रामनारायण बिडारी
    हरप्रहर

    ‘प्रधानन्यायाधीश र केपी ओलीबीच सेटिङ छ’ : रामनारायण बिडारी

  • ताजा खबर
  • १

    मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने
    १ घण्टा अघि

  • २

    अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने
    २0 घण्टा अघि

  • ३

    सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल
    २१ घण्टा अघि

  • ४

    माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु
    १ दिन अघि

  • ५

    काठमाडौंमा ९ जनामा देखियो हैजा
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution