न्युयोर्क – विश्वकै धनाढ्य तथा टेल्सा कम्पनीका मालिक एलन मस्कलाई कम्पनीको १० प्रतिशत सेयर बिक्री गर्न मतदाताले अनुरोध गरेका छन् । ट्विटरमा भएको एउटा मत सर्वेक्षणका मतदाताहरुले मस्कलाई १० प्रतिशत सेयर बिक्री गरेर कर तिर्न अनुरोध गरेका हुन् । यो सँगै मस्कले करिव २१ अर्ब डलर बराबरको सेयर बेच्नुपर्ने हुन सक्छ ।
मस्कले सञ्चालन गरेको सर्वेक्षणमा ३५ लाख ट्विटर प्रयोगकर्ताले मतदान गरेका थिए । उनीहरुमध्ये ५८ प्रतिशत मतदाता मस्कले सेयर बिक्री गर्नुपर्ने पक्षमा उभिएका थिए ।
सर्वेक्षणअघि मस्कले मत परिणाम स्वीकार्ने बताएका थिए । तर, परिणामपछि उनले कुनै टिप्पणी गरेका छैनन् अर्थात उनले कसरी र कहिले सेयर बिक्री गर्छन भन्ने बारेमा केही खुलाएका छैनन् ।
उनले सेयर बिक्री गरेमा उनले ठूलो परिणाममा कर तिर्नुपर्छ ।
शनिबार एउटा ट्विटमा मस्कले टेस्लाबाट आफूले कुनै तलब वा बोनस नपाएको भन्दै आय कर तिर्न आफ्नो कमाई नभएको बताएका थिए । तर, उनले ‘क्षतिपूर्ति प्याकेज’बाट अर्बौं डलर कमाउँछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३