काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नेपाल बार एशोशिएसनलाई वार्ताका लागि डाकेपनि अस्वीकार गरेको छ । बारले जबराको राजीनामालाई बटमलाइन बनाएपछि सर्वोच्च अदालतको पछिल्लो गतिरोध लम्बिने संकेत मिलेको छ ।
जबराले अदालतमा व्यापक सुधारका लागि कदम चाल्नेलगायतको विषय उल्लेख गरी वार्ताको आव्हान गरेपनि बारले अस्वीकार गरेको हो । तर, बारको राजीनामाको मागलाई जबराले कुनै हालतमा स्वीकार नगर्ने भएका छन् । उनले संविधानभन्दा बाहिर नजाने स्पष्ट पार्दै राजीनामा नदिने बताएबाट अदालतको समस्या अझ गहिरिने भएको छ ।
अब कि त प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने हुन्छ कि त न्यायाधीशहरु इजलासमा बस्नुपर्ने हुन्छ । प्रधानन्यायाधीशले बारको माग सम्बोधन गर्ने या बार ब्याक हुने बाहेकको विकल्प छैन । दुवै पक्ष टसमस नभएकाले समस्या अझ गरिहिदै जाने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३