काठमाडौं – सरकारले आज बुधबारदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा ईपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ ।
ई-पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिए ।
गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो । गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३