विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राइले आज बुधबार विश्वासको मत लिँदै छन् । राईले मंगलबार विश्वासकाे मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएकाे थियाे ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मंगलबारकाे बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।
आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दैछ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजकाे बैठकमा एमालेकाे सहभागिता हुने बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३