संखुवासभा – नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।
संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् ।
पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।
अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसकाे तालमेल नहुने उनकाे भनाइ थियाे । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाकाे दाबी छ ।
कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३