सप्तरी – सप्तरीमा राष्ट्रिय जनगणनामा खटिएका एक कर्मचारी पदमुक्त भएका छन्। आचार संहिताविपरीत क्रियाकलाप गरेको भन्दै सुपरीवेक्षक पदमा खटिएका मनोजकुमार मेहतालाई पदमुक्त गरेको राष्ट्रिय जनगणना कार्यालय सप्तरीले जनाएको छ।
कार्यालयका जनगणना अधिकारी सञ्जय कुमार चौधरीले सुपरिवेक्षक मेहताले आचार संहिताविपरीत कार्य गरेको पाइएकोले पदमुक्त गरेको बताए । स्राेतका अनुसार मेहतामाथि मैथिली मातृभाषा रहेका स्थानीयहरूलाई अर्कै भाषा लेखाउन प्रेरित गरेको आरोप छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७