Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

सुन्धारा जग्गा विवादमा जग्गाधनी संचारमाध्यम अगाडी, कामपाले सर्वोच्चको फैसलाको अपमान गरेको आरोप

प्रकाशित मिति: २०७८ मंसिर ४, शनिबार (३ साल अघि)

  • १००५ पटक पढिएको
  • काठमाडौं – काठमाडौं सुन्धारामा धरहरा पछाडी रहेको जग्गामाथि विवाद भइरहेको लामो समय भइसकेको छ । जग्गाको लालपूर्जा बोकेका जग्गाधनीले सो जग्गा आफ्नो निजी जग्गा भएको दावी गर्दै आएका छन् भने मुस्लिम समुदायले भने सो जग्गा आफुहरुको मस्जिद भएको बताउँदै आएको छ । यो विवाद काठमाडौं महानगरपालिका, पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतसमेत पुगेर फैसला भइसकेको छ तर, फैसला कार्यान्वयनसम्म नपुग्दा विवाद भने ज्युं का त्युं नै रहेको छ । यसैबीच अहिले जग्गाधनी रत्नकाजी महर्जन र जुजुकाजी महर्जन जग्गा सम्वन्धि कागजात, विभिन्न मितिमा भएका फैसला आदिसहित संचारमाध्यममा अगाडी आएका छन् ।

    सुन्धारा धरहरा पछाडी दक्षिणपट्टि रहेको सो जग्गाका जग्गाधनी रत्नकाजी महर्जन र जुजुकाजी महर्जनले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशको न्यायालयले सो जग्गा आफुहरुको प्रमाणित गरिसक्दा पनि आफुहरुले भोगचलन गर्न नपाएको गुनासो गरे । पत्रकार सम्मेलनमा बोल्दै जग्गाधनी रत्नकाजी महर्जनले २०७२ असार ७ गते सर्वोच्च अदालतको वृहत इजलाशले समेत सो जग्गा आफुहरुकै भएको भनी फैसला गरिसक्दा र पटक पटक फैसला कार्यान्वयन गर्न निर्देशन दिइसक्दासमेत काठमाडौं महानगरपालिकाले सर्वोच्चको फैसला कार्यान्वयनमा चासो नदेखाएको गुनासो गर्नुभयो । ‘सर्वोच्च अदालतको वृहत इजलासले सो जग्गाको स्वामित्व हामीहरुमै निहित रहेको फैसला गरिसकेको छ र ५ पटकसम्म फैसला कार्यान्वयन गर्न निर्देशन दिइसकेको अवस्था छ तर, काठमाडौं महानगरपालिकाले भने अवैध रुपमा बनाइएको सो घर टहरा भत्काउन आजसम्म चासो देखाएको छैन । यहाँ सर्वोच्च अदातलकै अपमान भएको छ’ महर्जनले भने ।

    यस अघि पटक पटक गरी काठमाडौं महानगरपालिका, पुनरावेदन अदालत पाटन र सर्वोच्च अदालतलेसमेत सो जग्गा आफुहरुको भएको र अवैध रुपमा बनाइएको घर टहरा भत्काउन आदेश दिइसकेको दावी महर्जनको छ । ‘२०५९ माघ १३ गते काठमाडौं महानगरपालिकाले नै सो जग्गामा रहेको घर टहरा भत्काउन आदेश दिइसकेको छ, अझ २०६२ पुष २८ गतेका दिन फेरी पनि अघिल्लो फैसला बदर नहुने फैसला भइसकेको छ । आफ्नै फैसला कार्यान्वयन गर्न पनि काठमाडौं महानगरपालिकालाई किन गार्हो भएको हो, बुझ्न सकिएन’ महर्जनले आश्चर्य पोखे । फैसला कार्यान्वयन नहुँदा आफुहरुले सर्वोच्च अदालत फैसला कार्यान्वयन समितिमा निवेदन दिएको र समितले फैसला कार्यान्वयन गर्नका लागि २०७५ असोज १० देखि २०७७ कार्तिक २१ गतेसम्ममा गरी पाँच पटकसम्म निर्देशन दिइसक्दा पनि फैसलाको कुनै कार्यान्वयन नभएको गुनासो महर्जनले पोखे । पत्रकार सम्मेलनमार्फत महर्जनद्वयले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, कामपाका प्रमुख प्रशासकिय अधिकृत राजेश्वर ज्ञवालीलाई सर्वोच्च अदालतको फैसला अविलम्ब कार्यान्वयन गर्न माग गरेका छन् ।

    नरेन्द्र बिक्रम राणाको नााममा जग्गा धनि पुर्जा रहेको सो जग्गासावित्री तिमिल्सिना र भेषराज न्यौपाने हुंदै २०६१ सालमा रत्नकाजी र जुजुकाजी महर्जन दाजुभाइले खरिद गरेको देखिएको छ । उक्त जग्गाको नियमित रुपमा भूमिकर महर्जन दाजुभाइले नै तिर्दै आएको पनि पाइएको छ । पटक पटक विवादित बन्दै आएको सो जग्गा मस्जिदको रुपमा रहेको कुनै कानुनी प्रमाण नभएको र कुनै समयमा मुसाफिर खाना मात्र भएको जग्गाधनी महर्जनद्वयको दावी छ ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution