जनकपुर – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री रामचन्द्र झा नेपाल कम्युनिष्ट पार्टि (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् ।
मंगलबार धनुषाको निर्वाचन क्षेत्र नं २ को तिनकौरीयामा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झासहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले झालाई पार्टी प्रवेश गराएका हुन् ।
जनकपुरधाम उपमहानगरबाट डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । डा. झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष भइसकेका व्यक्ति हुन् ।
मंगलबार धनुषाको निर्वाचन क्षेत्र नं २ र जनकपुरधाम उप-महानगरपालिकाबाट तीन हजार जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा पार्टी प्रवेश गर्नेको संख्या बढ्दो रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३