जेरुसेलम – कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए ।
सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने/नगर्ने बारेमा सुक्ष्म मूल्यांकन गर्ने सरकारले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको सो भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ ।
‘नयाँ भेरियन्ट झन्डै सबै देश फैलिएको छ,’ गृहमन्त्री आयलेट शकेदले भने, ‘भाइरसविरुद्ध खोप कति हदसम्म प्रभावकारी हुन्छ भन्ने बारेमा मूल्यांकन आवश्यक छ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३