काठमाडौँ – मध्यरातमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ राष्ट्रिय महाधिवेशनको नयाँ केन्द्रीय समिति सर्वसम्मत बनाउन नामावली प्रस्तुत गरेपछि पार्टीमा असन्तुष्टहरुको संख्या बढेको छ ।
सौराहमा जारी बन्दसत्रमा ओलीले अबेर राति ३०१ जना केन्द्रीय सदस्यको नामावली प्रस्तुत गरेका हुन् ।
पार्टीमा न्यून योगदान भएका व्यक्ति सूचीमा अटाउने तर पूराना व्यक्ति नअटाएको भन्दै एक केन्द्रीय सदस्यकी आकंक्षीले बताइन् । चुनावमा नगएर अध्यक्षले बाध्यात्मक सर्वसम्मती गराउन खोजेको भन्दै असन्तुष्टी जनाउनेको संख्या ह्वात्तै बढेको छ ।
अध्यक्षमा भिम रावल ब्याक नभएपछि भने चुनाव हुने पक्कापक्की भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३