काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले एमालेबाट विद्रेह गर्नुको कारण बुझ्न जारी महाधिवेशन काफी भएको बताएका छन् ।
एमाले पार्टीभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले एमालेमा जनताको बहुदलीय जनवादका गफ मात्रै हाँकिएको बताए। कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने तथा विचारको बहसहरु सञ्चालन नगर्ने प्रवृत्तिले नै एमाले कम्युनिस्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन भन्ने प्रष्ट देखिएको नेपालले टिप्पणी गरे।
‘अहिले हामीले कम्युनिस्ट आन्दोलनमा बिद्रोह गरेका छौँ । नेकपा एमालेबाट बिद्रोह गर्यौं। किन बिद्रोह गर्यौं? त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ, नेपालले भने, त्यहाँ फरक मत राख्ने व्यक्तिहरुमाथि जसरी अपमान भएको हामीले समाचार पाइराखेका छौं, त्यो नै पर्याप्त छ।
एमालेमा फरक मत राख्नेमाथि अत्याचार हुने गरेको नेपालको भनाइ छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७