काठमाडौं – अस्ट्रेलियामा अझै केही दिने अन्तर्राष्ट्रिय सीमानाका खुला नहुने भएको छ । त्यहाँको यसअघि पर्सि (बुधबार)देखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने बताएको थियो । तर नयाँ भेरियन्टको कारोना भाइरस फैलिएको भन्दै केहीदिन सीमानाका नखोल्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री स्कट मरिसनले दुई सता नयाँ कोरोनाबारे अनुसन्धान गर्न भन्दै तत्काल सीमानाका नखोल्ने निर्णय गरेका हुन् । यसअघिको निर्णयमा अन्तराष्ट्रिय विद्यार्थीहरु पनि अष्ट्रेलिया प्रवेश गर्न पाउने भनिएको थियो । हालको निर्णयसँगै अष्ट्रेलिया जानलागेका कामदार तथा विद्यार्थीहरुलाई भने असर परेको छ ।
यसअघिको निर्णले नेपालबाट अध्यायनका लागि अष्ट्रेलिया जान लागेका विद्यार्थीहरु पनि १ तारिखदेखि नै उड्ने तयारीमा थिए । तर अब कम्तिमा पनि डिसेम्बर १५ सम्म अष्ट्रेलिया प्रवेश गर्न पाउने छैनन् । अष्ट्रेलियन नागरिकहरुलाई नै भने सीमामा प्रवेश रोक लगाइने छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३