काठमाडौँ – चितवनमा भएको नेकपा एमालेको १० औँ महाधिवेशनमा घनश्याम भुसाल पराजित भएका छन् ।
उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा एमालेका पुराना नेता तथा बौद्घिक नेतामा गनिने भुसाललाई भन्दा पूर्वमाओवादीका नेता रामबहादुर थापा बादललाई बढि मत दिएर जिताइएको छ ।
उपाध्यक्षमा सुरेन्द्र पाण्डेले १९२५ मत, सुवास नेम्वाङले १८६५ मत, विष्णु पौडेलले १८५६ मत, प्रदिप ज्ञवालिले १८७२ मत र बादलले १७६८ मत पाउदा नेता भुसालले भने जम्मा ७२५ मत मात्र पाएर पराजित भएका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गरेका थिए ।
एमालेका कुनै समयका प्रभावशाली तथा बौद्घिक नेतालाई एमाले प्रतिनिधिले अविश्वास गरिनु र पूर्व माओवादीका नेता बादललाई विश्वाससहित ठूलो मतले विजयी गराइनु चर्चाको विषय बनेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३