कोरोना भाइरसको नयाँ संस्करण ओमिक्रोनको प्रभाव विदेश यात्रामा पनि देखिएको छ । वायुसेवा कम्पनीहरूले धेरै अन्तर्राष्ट्रिय रुटमा हवाई भाडा बढाएका छन् । अमेरिका, बेलायत, युएई र क्यानडाजस्ता मुलुकको हवाई भाडा दोब्बरभन्दा बढी बढाएका छन ।
हवाई मार्गबाट अन्तर्रा्ष्ट्रिय गन्तव्यमा जानेहरुको समस्या यहीं सकिएको छैन । ओमिक्रोन विरुद्धको सुरक्षाका लागि भारतको केन्द्र सरकारले लागू गरेको नयाँ दिशानिर्देश पनि मंगलबार मध्यरातबाट लागू गरेको छ। नयाँ निर्देशन कारण यात्रुले भारतका विमानस्थलमा ६ घण्टा कुर्नुपर्ने पनि हुनसक्छ ।
एनडीटीभीको रिपोर्ट अनुसार दिल्लीदेखि लन्डन उडान टिकटको दर करिब ६० हजार रुपैयाँ भारुबाट बढेर १.५ लाख रुपैयाँ भारु पुगेको छ । दिल्लीदेखि दुबईको हवाई भाडा झण्डै दोब्बर बढेर ३३ हजार रुपैयाँ पुगेको छ ।
यसअघि दिल्लीदेखि दुबईको राउण्ड ट्रिपको टिकट २० हजार रुपैयाँ लाग्थ्यो। दिल्लीदेखि अमेरिकाको राउन्ड ट्रिपको लागत पहिले ९० हजारदेखि १.२ लाख रुपैयाँ भारुसम्म लाग्थ्यो । यो बढेर अहिले करिब १.५ लाख पुगेको छ ।
शिकागो, वाशिंगटन डीसी र न्यूयोर्क शहरमा हवाई भाडामा १०० प्रतिशतले वृद्धि भएको छ। बिजनेस क्लासको टिकटको मूल्य दोब्बर बढेर ६ लाख पुगेको छ । दिल्लीदेखि टोरन्टोको हवाई भाडा करिब ८० हजार रुपैयाँबाट बढेर २.३७ लाख पुगेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३