काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
आरएमडीसीले १५ मंसिरमा बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित पाँच प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले पाउनेछन् । हाल लघुवित्तको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ । सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गरेपछि बैंकको चुक्ता पुँजी एक अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३