काठमाडौं – कोरोनाभाइरस संक्रमित भएपछि उपचाररत प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा शुक्रबार डिस्चार्ज भएका छन् ।
कोरोनाभाइरस संक्रमित भएपछि १३ मंसिरमा अस्पताल भर्ना भएका प्रधानन्यायाधीश जबरा पाँचौँ दिनमा शुक्रबार डिस्चार्ज भएका उपचाररत अस्पताल नेपाल एपीएफ अस्पतालले जानकारी दिएको छ ।
१३ मंसिरदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहेका प्रधानन्यायाधीश जबरा १७ मंसिर बिहान साढे ९ बजे स्वास्थ्य लाभ गरी डिस्चार्ज भएका अस्पातलले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।
अस्पतालले जारी गरेको विज्ञप्ति
सम्माननीय प्रधान न्यायाधीश श्री चोलेन्द्रशमशेर जबराज्यू, मिति २०७४/०८/१३ गतेदेखि यस अस्पतालमा कोभिड–१९ निमोनियाको लागि उपचाररत रहनु भएकोमा आज मिति २०७८/०८/१७ गते बिहान ०९ः३० बजे स्वास्थ्य लाभ गरी यस अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । सम्माननीयज्यूको पुर्ण स्वास्थ्य लाभको कामना गर्दछौ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३