काठमाडौं – आज प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली, बांकी पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भागको एक-दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।साथै प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ। तसर्थ सम्पूर्णलाई अद्यावधिक मौसमी वुलेटिन तथा सूचनाको जानकारी लिनु हुन समेत महाशाखाले अनुरोध छ। हाल पहाडी भागमा आंशिक बदली रही देशका थोरै भागहरूमा हुस्सु्रकुहिरो लागेको छ।
बुधबार दिउँसो प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भु(भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
विहीबार दिउँसो प्रदेश नं १ पहाडी भागमा आंशिक देखि सामान्य बदली, र बागमती प्रदेशको पहाडी भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, राती प्रदेश नं १को पहाडी भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भागमा मौसम सामान्यतया सफा रहनेछ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३