दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नागरिक सुरक्षा सर्वोपरी भएको बताएका छन् । उनले जनताको स्वास्थ्य सुरक्षामा खेलबाँड गर्न नहुने भन्दै मेला महोत्सव सञ्चालनहरूले यो विषयमा गम्भीर हुनु पर्ने बताए । चन्द्र सूर्य यातायात प्रालिले तुलसीपुरमा सञ्चालन गरेको महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले अहिलेको अवस्थामा मेला महोत्सव आवश्यक नभएको बताए ।
उनले राजनीतिभन्दा ठूलो सुशासन र जनताको जीवन भएकोले जनताको जीवनका कही कतैबाट खेलबाड भएमा प्रदेश सरकार त्यो नियन्त्रण गर्ने बताए । उनले जनताको सुरक्षाभन्दा सामाजिक काम ठूलो नभएको बताए । उनले तुलसीपुरको विकासका लागि सामाजिक कार्य गर्ने हो भने एक्लाएक्लैभन्दा पनि सामुहिक एकता र प्रयास हुनु पर्ने बताए । कुनै पनि काम सुरू गरेपछि त्यसको व्यवस्थापन सही हुनु पर्ने भन्दै मेलाकाे नाममा जिल्लाकाे गलत प्रचार नगराउन आग्रह गरे ।
उनले महोत्सवको प्रभावकारिता खोजिनु पर्ने बताए । सामाजिक, साँस्कृतिक, व्यापारिक प्रभाव हेरर मेला महोत्सव लागउनु पर्ने तर्क गरे । उनले नीतिभन्दा बाहिर गएर गतिविधि गरे तत्काल रोकिने बताए । उनले संविधानको रक्षाका लागि कुनै बेला राजनीतिक दलहरू सडकमा आउनु परेको र अहिले संविधानको रक्षा भएपछि सुशासन अभियानमा रहेको बताए । मुलुकको संविधान बचाउन सडक आन्दोलनमा जानु परेको हुँदा अबको नीति राजनीति भन्दा सुशासन महत्वमा रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३