काठमाडौँ – स्थानिय कारीगर तथा फेशन डिजाईनरहरुको कला प्रस्फुटन गर्ने र अन्र्तराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्य सहित आर्टिसन विन्टर फेस्ट हुने भएको छ ।
अबिर डिजाईनर्स हबको आयोजनामा बखुण्डोल स्थित होटल साङ्ग्रीला ब्लुमा शनिबर सो कार्यक्रमको आयोजना गरिने भएको छ ।
कोभिडका कारण विश्व नै आक्रान्त बनेको र ठुला ठुला व्यवसायीहरु समेत समस्यामा परेको हालको अवस्थामा साना व्यवसायी तथा कारीगरहरु अझ बढि मर्कामा परेको कारण उनीहरुलाई केही प्रोत्साहन गर्न फेस्टको आयोजना गरिएको आयोजकले बताएको छ । कार्यक्रममा स्थानिय कारिगर तथा फेशन डिजाइनरहरुले स्थानिय सामग्री प्रयोग गरि तयार पारेका विभिन्न लुगा, गरगहना, खानेकुराहरुको प्रदर्शनी गरिनेछ भने विभिन्न मनोरञ्जनात्मक प्रस्तुतीहरु पनि रहने बताइएको छ ।
गत बसन्त ऋतुमा पनि अबिर डिजाईनर्स हबले आर्टिसन स्प्रिङ फेस्टको आयोजना गरिसकेको छ । जसले स्थानिय कारीगर तथा फेशन डिजाईनर्सहरुलाई एक उत्कृष्ट अवसरको सृजना गरेको सहभागीहरुले बताएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३