काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्यानल पनि तय भएको छ। जारी १४औँ महाधिवेशनबाट सभापतिमै दोहोरिन चाहेका उनले उपसभापतिमा विजय गच्छदारलाई दोहोर्याउने भएका छन्।
महामन्त्री पूर्णबहादुर खड्कालाई पनि उपसभापतिको उम्मेदवार बनाएका छन्। महामन्त्रीमा सह-महामन्त्री प्रकाशशरण महतले देउवा प्यानलबाट रहेका छन्।
कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेल पनि देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन्।
सहमहामन्त्रीमा आदिवासी जनजातिबाट भीष्मराज आङदेम्बे, दलितमा मान बहादुर बिक, महिलामा डिना उपाध्याय, मधेसीमा महेन्द्र यादव, खस आर्यमा किशोर सिंह राठौर, मुस्लिममा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रबाट जीवन शाही सहमहामन्त्रीका उम्मेदवार छन्। थारुमा सहमहामन्त्रीका उम्मेदवार बनेका उमाकान्त चौधरी सिटौलानिकट हुन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७