काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले आमकांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् ।
१४औं महाधिवेशनबाट देउवा सभापतिमा निर्वाचित भएपछि नेता थापाले बधाई दिँदै पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत देउवालाई बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।
‘आदरणीय शेरबहादुर देउवा सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई । आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु। समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ,’ थापाले लेखेका छन् ।
युवा नेता थापा कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीका उम्मेदवार हुन् । उनी डा.शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३