काठमाडौँ – कांग्रेसको १४ औं महाधिवेशनको महामन्त्री पदमा जितेपछि गगन थापाले गलत मान्छेलाई छान्ने भन्ने अवस्था आउन नदिने प्रष्ट पारेका छन् ।
ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा मत परिणाम सार्वजनिक भएपछि पत्रकारहरूसँग बोल्दै थापाले भने – ‘महामन्त्रीको रूपमा मैले आज जुन एउटा जिम्मेवारी प्राप्त गरेको छु, यो जिम्मेवारी इमानदारीतापूर्वक निर्वाह गर्छु। मैले मेरो महाधिवेशनका प्रतिनिधि साथीहरूलाई एकदिन पनि गलत व्यक्तिलाई छानेछु भन्ने अवस्था आउन दिन्नँ भनेको थिएँ। त्यो कुरामा इमानदारीपूर्वक काम गर्छु,’ उनले भने,‘म एउटा समूहमा बसेर निर्वाचन लडेँ। समूहप्रति मेरो विशेष सम्मान छ। तर जिम्मेवारी पाएपछि अब म सिंगो पार्टीको महामन्त्री हुँ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७