Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २१, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

४ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

४ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन, यो सुन्दा दु:ख लाग्छ : गणेश लामा (अन्तर्वार्ता)

प्रकाशित मिति: २०७८ पौष ५, सोमबार (३ साल अघि)

  • १५०२ पटक पढिएको
  • काठमाडौं – नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित गणेश लामा चर्चामा छन् । ९९ उम्मेदवारमध्ये लामा १७८२ मतसहित खुलातर्फ ३५ जना केन्द्रीय सदस्यभित्र पर्न सफल भए ।

    विगतमा ‘गुण्डा नाइके’ र ‘डन’को छवी भएका लामा विजय गच्छदारसँगै २०७४ को चुनावअघि पार्टी फोरम लोकतान्त्रिक समायोजन गरेर कांग्रेसमा आएका थिए । फोरममा केन्द्रीय सदस्य रहेका लामा पाँच वर्षपछि देशकै पुरानो पार्टीको निर्वाचित केन्द्रीय सदस्य बन्न सफल भएका छन् । उनै लामासँग समसामयिक विषयमा गरिएको कुराकानी :

    कांग्रेस केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ, कस्तो अनुभूति भइरहेको छ ?
    मलाई एकदमै गाैरव महसुस भइरहेको छ । कांग्रेसजस्तो पार्टीमा खुलामा आज मैले जुन खालको जित हासिल गर्न सफल भए, देशभरका तमाम साथीभाई, महाधिवेशन प्रतिनिधि साथीको साथ सहयोगप्रति म कृतज्ञ छु । यो गुनको एक-एक हिसाब म चुकाउनेछु ।

    केन्द्रीय सदस्य निर्वाचित भइसकेपछि पार्टीको तपाईंको भूमिका कस्तो रहन्छ ?
    १४औँ महाधिवेशनले पार्टीभित्र उर्जा भरेको छ । युवा साथी तरुण, नेविसंघबाट अध्यक्ष र पूर्वपदाधिकारीको उर्जावान उपस्थिति छ । यसले साँच्चिकै कांग्रेसलाई पुनर्जागरण गर्दै कांग्रेसलाई बलियो बनाउन अवश्य पनि मद्दत पुग्छ । झण्डै ६ दशक राजनीतिमा सक्रिय सभापति शेरबहादुर देउवा हुनुहुन्छ । उर्जावान महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, उपसभापति धनराज गुरुङजस्ता युवा साथी जितेर आउनुभएको छ । अब नेपाली कांग्रेस अब साँच्चिकै उर्जावान कांग्रेस बन्नेछ ।

    तपाईंले केन्द्रीय सदस्यमा विजयी हुन्छु भनेर सोच्नुभएको थियो ? 
    पार्टीले बेलाबखत दिएको जिम्मेवारी र काम इमान्दारिताका निभाउँदै आएकोदेखि ७७ वटै जिल्लाका पार्टी साथीसँग सम्पर्कमा थिए । त्यसकारण मलाई जित्छु भन्ने विश्वास थियो ।

    तत्कालीन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारसँगै तपाईं कांग्रेसमा आउनुभयो । उहाँ उपसभापतिमा पराजित हुनुभयो, तर तपाई जित्नुभयो । गच्छदार हार्ने र तपाईं जित्ने परिस्थिति कसरी बन्यो ?
    यो देशभरबाट आएका प्रतिनिधिले गरेको निर्णय हो । उहाँको हार अब प्राविधिक कारण भनौँ कि अरु कारण मलाई थाहा भएन । लोकतान्त्रिक पार्टीमा चुनावमा गइसकेपछि हारजित स्वीकार्नुपर्छ । हामी स्वीकार्न तयार छौं ।

     तपाईं चुनावअघि कांग्रेस प्रवेश गरेको, वर्षोदेखि सक्रिय हार्दा तपाईंको जितलाई लिएर पनि प्रश्न उठिरहेको छ नि !
    चुनावअघि हामी देशको चौथो दल थियौँ, फोरम लोकतान्त्रिक पार्टी । २०७४ को चुनावमा ध्रुवीकरण भयो । कम्युनिस्टको समीकरण बन्यो । लोकतान्त्रिक शक्ति भएको हुनाले हामीले कांग्रेससँग समायोजन भयौं । केही साथी कांग्रेसबाट चुनाव पनि लड्यौं । केही साथी जित्नुभयो, केही हार्नुभयो । हारजित स्वभाविक हो ।

     तपाईं कांग्रेसको सक्रिय राजनीतिमा उदाउँदै गर्दा तपाईंमाथि ‘गुण्डा नाइके’को आरोप लाग्ने गरेको छ नि ! यसमा तपाईंको धारणा के हो ?

    यो मलाई लामो समयदेखि लाग्दै आएको आरोप हो । म लामो समयदेखि निरन्तर राजनीतिमा लाग्दै आएको व्यक्ति हो । नेविसंघबाट सुरु गरेर एउटा लोकतान्त्रिक चौथो पार्टीको जिम्मेवार पदमा बसेको पनि लामो समय भयो । तपाईंले यो प्रश्न उठाइरहँदा मलाई गुण्डा नाइकेको परिभाषा नै थाहा छैन । अस्ति भर्खरै एक अन्तर्वार्ता (ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रम) मा एकजना पूर्वमाननीयले बारको आन्दोलन र बारका वरिष्ठ अधिवक्ताको बारेमा अदालतमा गुण्डागर्दी गर्‍यो, दादागिरी गर्‍यो भनेर भने ।

    त्यहाँबाट मलाई मनमा लाग्यो कि यो गुण्डा नाइके भन्ने शब्द जतिखेर जसलाई मन परेन भने प्रयोग गर्ने शब्द हो कि ? उहाँले वरिष्ठ अधिवक्ता शम्भु थापालगायत विभिन्न वकिलको नामै लिनुभयो । यसलाई के भन्नुहुन्छ तपाईं ? शम्भु थापा गुण्डा हो कि हैन ? गणेश लामा गुण्डा हो कि हैन ? तपाईंहरुले त्यसरी पहिचान गर्नुपर्‍यो ।

    तर कांग्रेसको मतपरिणामलाई लिएर धेरैबाट गुण्डा नाइकेले जिते, प्राध्यापक-बौद्धिक व्यक्ति हारे भनेर टिप्पणी भइरहेको छ नि ! 
    जसले जस्तो काम गर्‍यो, पार्टीभित्र उस्तै माया र समर्थन पाउने हो । मैले पार्टी जहाँ खटायो इमान्दारिताका साथ काम गरेको छु । यो र त्यो भन्ने होइन । मैले निर्वाह गरेको जिम्मेवारीको मूल्यांकन भएको छ । त्यहिँ मूल्यांकनको आज प्रतिफल पाए जस्तो लाग्छ ।

    कांग्रेसमा अब तपाईं कसरी अगाडि बढ्नु हुन्छ रु तपाईंको भिजन के हो ?
    अब सबै मतपरिणाम आइसकेपछि तमाम युवा साथीहरु बैठकमा बस्छौं । हामीले कांग्रेसलाई जुझारु, एउटा जनता, किसान, गरिबसँग मिल्न सक्ने, घुलमिल हुनसक्ने कांग्रेस बनाउन चाहन्छौं ।

    प्रश्न के पनि आइरहेको छ भने गगन थापा र गणेश लामा एउटै टिममा कसरी काम गर्नसक्छन् ? 
    किन गर्न नसक्ने रु गणेश लामासँग त्यो भिजन र क्षमता छैन र ? गणेश लामा जनताको सेवाको लागि नै राजनीतिमा लागेको दुई दशक भयो होला ।

     तपाईंको भिजन चाहिँ के हो ? 
    कांग्रेसलाई जनतामुखी, किसानमुखी, युवामुखी बनाउने, नेपाललाई कसरी अगाडि बढाउने भनेर गहन छलफल गरेर अगाडि बढ्ने हो । टिम बनाउछौं । छलफल गर्छौं । नेपाली कांग्रेस नेपालको पुरानो इतिहास भएको, हरेक परिवर्तनको सम्वाहक भएको पार्टी हो । नेपालमा अझै धेरै विकास गर्नुछ । राजनीतिक समस्याहरु हल गर्नुछ । त्यो कांग्रेस बाहेक अरुले गर्न सक्दैन । यसमा हामी बलियो उपस्थितिसहितको कांग्रेस बनाउनेछौं ।

    अन्तिममा तपाईंलाई गुण्डा नाइके भन्नेलाई के भन्न चाहनुहुन्छ ?
    यो प्रश्नको म सँग कुनै जवाफ छैन । मलाई गुण्डा नाइके भनेर चिनाउने मिडिया नै हुन् । तैले यो गल्ती गरिस् त्यसकारण यो नाम रह्यो भन्नुपर्‍यो नि । त्यतिकै मिडियाले पटक पटक भन्ने, मैले लामो समयदेखि सुनिरहेको, हेरिरहेको र देखिरहेको छु । यो सुन्दा दु:ख लाग्छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्वार्ता सम्बन्धि थप
  • एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी
    हरप्रहर

    एकै दिनमा १४ वटा गीत रेकर्ड गराएको स्मरण छ : लोक गायक खुमन अधिकारी

  • एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)
    हरप्रहर

    एनआरएनएलाई सरकारले आवश्यकभन्दा बढि महत्त्व दिइरहेको छ : आरके शर्मा (अन्तर्वार्ता)

  • राज्यको सिंगो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन : अध्यक्ष स्वाँर (अन्तर्वार्ता)
    हरप्रहर

    राज्यको सिंगो संरचना परिचालन नगरे सडक सुचारु हुन सक्दैन : अध्यक्ष स्वाँर (अन्तर्वार्ता)

  • ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)
    हरप्रहर

    ‘नियम मिच्नेका लागि म आतंक नै हुँ’ : राजु नाथ पाण्डे, काठमाडौं महानगर प्रहरी प्रमुख (अन्तर्वार्ता)

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution