काठमाडौं – काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा परीक्षार्थीबाट शिक्षक कुटिएका छन् ।
क्याम्पसका उपप्राध्यापक ऋषिकेश दाहालकाअनुसार चिट चोर्न रोक्दा कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको हो । उनको टाउकोमा सात टाँका लगाउन परेको दाहालले जनाएका छन् । पुडासैनीको मोडल अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटका प्रत्यक्षदर्शीमा अर्का उपप्राध्यापक जगत नेपालले कक्षा सकेर निस्किँदा आरआरमा एक विद्यार्थीले शिक्षकलाई निर्घात कुटेको देखेको बताए । ‘मेरो आँखै अगाडि घटना भयो,’ उनले भने ।
उनकाअनुसार घटनाबारे अहिले विद्यालय प्रशासनमा छलफल भइरहेको छ । शिक्षक पुडासैनीलाई कुट्ने परीक्षार्थी कुँवेर जेठारा हुन् । घटनापछि स्नातक तह प्रथम वर्षमा बीएसडल्बुको आजको परीक्षा स्थगित भएको छ । परीक्षा स्थगित गरेर दुबै पक्षबीच छलफल भइरहेको क्याम्पस प्रशासनले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७