नयाँ दिल्ली – भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबाट २०० जना संक्रमित भएका छन् । ती मध्ये ७७ जना विदेशबाट आएको त्यहाँको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै अर्थात ५४ जना भेटिएका छन् ।
त्यस्तै, तेलंगना र कर्नाटकमा क्रमशः २० र १९ जना संक्रमित देखिएका छन् भने राजस्थानमा १८ जना संक्रमित भेटिएका छन् । त्यसैगरी, केरला र गुज्रातमा क्रमशः १५ र १४ जनामा ओमिक्रोन देखिएको मन्त्रालयले जनाएको छ ।
यसैबीच, भारतमा पछिल्लो २४ घन्टामा पाँच हजार ३२६ जनामा कोभिड संक्रमण भएको छ । त्यस्तै, पछिल्लो २४ घन्टामा ४५३ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा कोभिडबाट चार लाख ७८ हजारको मृत्यु भएको छ । भारतमा अझै पनि ७९ हजार सक्रीय संक्रमित छन् । यो अहिलेसम्मकै न्यून संख्या हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३