काठमाडौं – सामाजिक संजाल फेसबुक पेज मार्फत् अनलाईन ठगी कार्यमा संलग्नमा एक जना पक्राउ परेका छन् । बर्दिया बारबर्दिया नगरपालिका १० बस्ने २३ वर्षीय रमेश थारुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
विभिन्न व्यक्तिहरुको नागरिकताको कपी फेला पारी त्यसको दुरुपयोग गरी नक्कली फेसबुक पेज मार्फत डिएसएलआर क्यामेराको खरिद तथा विक्री गर्न आकर्षक विज्ञापनमा सम्पर्क नम्बर समेत राखेर ७८ हजार पर्ने क्यानन ८० मोडल क्यामेरा खरिदको लागि आधा रकम पहिला पठाउन भनी सामान डेलिभरीपूर्व नै ग्राहकहरूको केही रकम आईएमई पे एप, ईसेवा मार्फत पठाउन लगाई सामान डेलिभरी नदिई सम्पर्कविहिन भएको खुल्न आएपछि उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेसँगको समन्वयमा पक्राउ गरेको हो ।
उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३