काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले डा गोविन्द केसीको माग तत्काल सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बिहीबार डा. केसीसँगको छलफलका क्रममा प्रधानमन्त्री देउवाले सात बुँदे माग तत्काल सम्बोधन गर्ने ९ बुँदे प्रतिबद्धता व्यक्त गरेका हुन् ।
डा. केसीका शिक्षा र स्वास्थ्य सम्बन्धी, बीपी प्रतिष्ठान सम्बन्धी, चोलेन्द्र प्रकरण र निर्मला कुर्मीको न्यायका लागी आन्दोलनरत अधिकारकर्मीको माग लगायतका सात बुँदा रहेका छन् ।
देउवाले विपि प्रतिष्ठानको समस्या एकदुई दिनमा सल्ट्याइ निकास दिन मन्त्रीलाई निर्देशन दिने । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोगका लागि सत्ता गठबन्धनसँग थप छलफललाई निरन्तरता दिने, विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड निर्धारण प्रतिवेदन अनुसारको कानुन तर्जुमा गर्नका लागि तिव्रता दिन सम्बन्धित मन्त्रीलाई निर्देशन दिने लगायका माग रहेका छन् ।