काठमाडौँ – वर्ल्ड नेवाः अर्गनाइजेसनको आयोजनामा हालै सम्पन्न गरिएको “प्रथम विश्व नेवाः हाजिरि जवाफ प्रतियोगिता”को निरन्तरताको लागि अक्षय कोष स्थापना गर्न पहल गरिने भएको छ । प्रथम विश्व नेवाः हाजिरि जवाफ प्रतियोगिता संचालन समितिको हालै बसेको समिक्षा बैठकले उक्त बिषयमा छलफल गरेको हो । उक्त अक्षय कोष स्थापनाको लागि संयुक्त अधिराज्यमा लामो समयदेखि बस्दै आएकी डा.लोचन मानन्धरले बीज रकम प्रदान गर्ने प्रतिबद्दता जनाएकी थिइन् । सो समिक्षा बैठकमा बोल्दै वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको बिभिन्न कार्यक्रम मध्य सो प्रतोयोगिता एउटा ऐतिहासिक उपलब्धिको रुपमा रहेको र यसले युवाबर्गको ध्यान आकर्षित गर्न सफल रहेको बताए ।
प्रतियोगिता संचालन मूल समितिका संयोजक बिमल मान श्रेष्ठले छोटो समयमा पनि अन्तरराष्ट्रिय स्तरको सो प्रतियोगिता सफलतापुर्बक संचालन गर्न सक्नुमा सामुहिक ऐक्यबद्दता रहेको बताउदै कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभाब, ब्यापारिक अनुष्ठान, संघ संस्थाहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गरे । उक्त बैठकमा नेवाः संस्कृति, साहित्य, कला, भाषा, संगीत, सम्पदाको विश्वब्यापि सम्बर्द्दन तथा संरक्षणको लागि युवा पुस्ताबीच जानकारी गराउन हाजिरि जवाफ प्रतियोगिता सशक्त माध्यम भएकोले सो प्रतियोगिताको निरन्तरता अत्याबश्यक रहेको र निरन्तरता दिन यस किसिमको क्षय कोष स्थापनामा सबैले आफ्नो आफ्नो ठाउँबाट सयोग गर्न संयोजक बिमल मान श्रेष्ठले सार्बजनिक अपिल गरे ।
सो समिक्षा बैठकमा बोल्दै वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको बिभिन्न कार्यक्रम मध्य सो प्रतोयोगिता एउटा ऐतिहासिक उपलब्धिको रुपमा रहेको र यसले युवाबर्गको ध्यान आकर्षित गर्न सफल रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३