एयर इन्डियाको फ्लाइटबाट अमृतसर आएका १९१ यात्रु मध्ये १२५ यात्रुु कोरोना संक्रमित भेटिएका छन् । उडान इटालीबाट पंजाबको अमृतसर इन्टरनेशनल एयरपोर्ट आएको थियो । सबै संक्रमितलाई अमृतसरमै क्वारेन्टिनमा राखिएको छ । कुनै एकल उडानमा यति धेरै यात्रुु संक्रमित भएको यो पहिलो घटना हो ।
विमानस्थलका निर्देशक भी के सेठका अनुसार उडानबाट आएका सबै यात्रुको कोभिड जाँच गरिएको छ । यो परीक्षणबाट संक्रमितको पुुष्टि भएको हो ।
देशमा कोरोनाको तेस्रो लहर आइसकेको छ । विगत २४ घन्टामा ९० हजार ९४१ नयाँ संक्रमितको पहिचान भएको छ । यसमा १९,१६३ बिरामी ठीक भएका छन् र ३२५ को मृत्यु भएको छ । यसबाट सक्रिय संक्रमितमा ७१,४५३ को वृद्धि दाखिल भएको छ । नयाँ संक्रमितको आंकडा ७ महिनामा सबैभन्दा धेरै छ । यो भन्दा पहिले १० जूनमा ९१,८४९ नयाँ संक्रमित थिए ।
यो महामारीको सुरुवातमा हालसम्म ३.५१ करोड भन्दा बढी मानिस कोरोनाको चपेटामा आइसकेका छन् । ३.५३ करोड बिरामी निको भइसकेका छन् । ४.८२ लाखको ज्यान गइसकेको छ । जबकी २.७९ लाख भन्दा बढी बिरामीको उपचार चलिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३