काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ६० पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७४ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १६पैसा र बिक्री दर १६१ रुपैयाँ ९७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ०६ पैसा र बिक्री दर १२९रुपैयाँ ७१पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १४ पैसा र बिक्री दर ८५ रुपैयाँ ५७ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ७८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ २६ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २६ पैसा र बिक्री दर १० रुपैयाँ ३१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६० पैसा र बिक्री दर ३१रुपैयाँ ७६ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ३८ पैसा र बिक्री दर ३२ रुपैयाँ ५४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९० पैसा र बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३