काठमाडौं – नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले राजीनामा दिएका छन् ।
नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी अघिल्लो ओली सरकारका पालामा नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग सम्बन्ध बिग्रिएसँगै दाहाल विकास समितिबाट अलग भएका हुन् । मन्त्री आलेकै निर्देशनमा मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएर बतास ग्रुपले क्फ्टेरिया निर्माणका लागि कसरी टेन्डर पार्यो भन्ने विषयमा छानबिन समिति बनेको थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३