काठमाडौं- काठमाडौँ उपत्यका कोरोनाभाइरस संक्रमणको हटस्पट बन्न थालेको छ। पछिल्लो २४ घण्टामा उपत्यकामा १२ सय ८६ जना संक्रमित थपिएका छन्। यसमध्ये काठमाडौँमा ९८० जना, ललितपुरमा २२१ जना तथा भक्तपुरमा ८५ जना रहेका छन्। यो सङ्ख्या कूल सङ्क्रमितको ५० प्रतिशतभन्दा बढी हो ।
देशभर थप २ हजार ४४४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३