Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ भाद्र ३१, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ दिन अघि
२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

२ दिन अघि
३

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

२ दिन अघि
४

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

२ दिन अघि
५

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

४ दिन अघि
६

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

४ दिन अघि
७

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

४ दिन अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
१०

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
११

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

१ हफ्ता अघि
१२

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

४ हफ्ता अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

३ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

१ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

४ दिन अघि
८

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
९

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

४ दिन अघि
१०

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

२ दिन अघि
११

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

४ दिन अघि
१२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ दिन अघि

अब पुनः श्रम स्वीकृति अनलाइन प्रणालीबाट मात्रै, यसरी लिन सकिन्छ

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ माघ १, शनिबार (३ साल अघि)

  • ५६८ पटक पढिएको
  • काठमाडौँ – वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।

     

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

     

    मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउने बताएका थिए । श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालको भनाइ छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उनले जानकारी दिए ।

    कसरी लिने पुनः श्रम स्वीकृति ?

    पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।

    श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

    अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

    पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

    त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

    घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

    कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

  • अनलाइन
  • श्रम स्वीकृति
  • प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने
    हरप्रहर

    गजल मुशायरा परिवारको आयोजनामा सिड्नीमा “गजल मुशायरा २०२४” आयोजना हुने

  • क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस
    हरप्रहर

    क्यानाडामा प्राज्ञिक सम्मेलन : नेपालको सम्भावना र समस्याबारे बहस

  • धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्
    हरप्रहर

    धन कमाउन विदेश गएका ती चारहजार नेपाली कहिल्यै फर्किने छैनन्

  • इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास
    परदेश

    इजरायलमा नेपालीहरू सुरक्षित छन् : दूतावास

  • ताजा खबर
  • १

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    १ दिन अघि

  • २

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    २ दिन अघि

  • ३

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    २ दिन अघि

  • ४

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    २ दिन अघि

  • ५

    नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन
    ४ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution