वीरगंज – मधेश प्रदेशको राजधानी वीरगंज हुनुपर्ने माग गर्दे नेपाली काग्रेस पर्साले मोटरसाइकल र्याली निकालेको छ।
वीरगंज नगर कार्यसमितिले मधेश प्रदेशको राजधानी वीरगंज हुनुपर्ने माग गर्दे मोटरसाइकल र्याली निकालेको हो।
नेपाली काग्रेस नगर कार्य समितिले जनकपुरलाई राजधानी बनाएको विरोधमा र वीरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दे वीरगंजमा मोटरसाइकल र्याली आयोजना गरेको छ।
वीरगंजको घण्टाघरवाट निकालेको र्याली मुर्ली , पावरहाउस ,माईस्थान, रजत ज्यनती चौक र घडिआर्वा पोखरी हुँदै आर्दशनगर चोकमा कोण सभामा परिणत भएको थियो।
सो मोटरसाइकल र्यालीमा रहेका युवाहरुले पाउरहाऊस चोकवाट फर्कने क्रममा मुख्यमन्त्री लालबाबु राउतको वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजार टोलमा रहेको घरमा प्रहरीको कडा निगरानीको भएपनि प्रर्दशनकारीहरुले घरमा ढुङ्गा मुडा गरि घरको सिसा फुटनुको साथै समान्य क्षति गराएका छन् ।
सो कोण सभालाई सम्बोधन गर्दे नेपाली काग्रेस नगर कार्यसमितिका सभापती भोला गुप्ताले वीरगंजलाई राजधानी नबनाएसम्म नेपाली काग्रेसको अन्दोलन जारी रहने बताए ।
उक्त कार्यक्रममा बोल्दै गुप्ताले वीरगंजमा ६ महिनासम्म मधेश अन्दोलन भएको हुनाले यहाँ किसान देखि व्यापरी सम्म क्षति भएको र सहयोग पनि अरु जिल्ला भन्दा बढी वीरगंजमा भएकोले राजधानी बनाउनु पर्ने बताए।
उनले मधेश प्रदेश भित्र एउटै महानगरपालिका सहित विभिन्न किसिमका पुर्बधारहरु रहेको हुनाले मधेस प्रदेशका राजधानी वीरगंज हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा नेपाली काग्रेस पर्साका कोषाध्यक्ष ईमतियाज आलम, प्रदेश सभाका उम्मेदवार बिजय सरार्फा, युवा नेता धरमराज यादव, युवा नेता दिलिप कार्की , बिधार्थी नेता ,शेषहजार लगाएतको सहभागीता थियो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३