काठमाडौं – राप्रपाले बुधबार (भोलि) १९ सिटका लागि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश १ बाहेकमा मतदान नगर्न आफ्ना प्रतिनिधिलाई निर्देशन दिएको छ ।
राप्रपाको मंगलबार बसेको बैठकले प्रदेश १ मा पार्टीका उम्मेदवारद्वय अम्बरबहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरूलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।
विज्ञप्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मा.राजेन्द्र लिङ्देनको अध्यक्षतामा बसेको केन्द्रीय पदाधिकारीहरुको बैठकले राष्ट्रिय सभा निर्वाचन सम्बन्धमा देहाय बमोजिम निर्णय गरेको छ ।
यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश नंं १ मा पार्टीका उम्मेदवारहरु अम्बर बहादुर बिष्ट र रञ्जु प्याकुरेललाई मतदान गर्न निर्देशन दिने र अन्य प्रदेशहरुमा पार्टीको उम्मेदवार नभएकोले पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने मतदाताहरुलाई मतदान प्रक्रियामा सहभागी नहुन निर्देशन दिने निर्णय गरियो ।
भुवन पाठक
महामन्त्री
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३