काठमाडौं – सरकारले बुधबार थप आठ हजार ४५४ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा २० हजार ३५९ नमुना परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी दिइएको छ ।
प्रेस ब्रिफिङमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा कृष्ण पौडेलका अनुसार १३ हजार ५४९ पीसीआर परीक्षण गर्दा पाँच हजार ५७१ जनामा र ६ हजार ८१० एन्टिजेन परीक्षण गर्दा दुई हजार ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै बुधबार देशभर सक्रिय संक्रमितको संख्या ९० हजार ६७ रहेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चार हजार ४३३ जना कोरोना संक्रमणमुक्त हुँदा पाँच जना संक्रमितले ज्यान गुमाएका डा पौडेलले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३