वीरगंज – ट्राफिक प्रहरी स्थाई परवानीपुरले अवैध रुपले सवारीसाधनहरुसंग रकम असुल्ने गरेको तथ्य खुलेको छ।
ट्राफिक प्रहरी स्थाई कार्यालय परवानीपुरले विभिन्न चेकचाँजको बहानामा भारतीय नम्बरको सवारीसाधनहरुसंग रकम उठाउदै आएको नाम नखुलाउने सर्तमा एक सवारी चालकले बताए ।
ट्राफिक प्रहरी स्थाई कार्यालय परावनीपुरका प्रहरी सहायक निरीक्षक सुबोध साहले भारतीय सवारीसाधनहरुको चालकहरुसंग ट्राफिक कार्यालय २ नम्बर प्रदेश प्रमुख र ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक सुमन कार्कीको नाममा विभिन्न किसीमको जरिवानाको बहाना देखाई प्रति गाडी शीत १००० देखि २५०० सय रुपैया सम्म असुल्ने गरेको छ।
ट्राफिक प्रहरी सहायक निरिक्षक साहले भारतीय सवारीसाधनहरुले मालबाहक गाडीहरुलाई रोकेर विभिन्न चेकजाच गर्ने बहानामा डर त्रास देखाई दादागिरी पाराले रकम उठाउने गरेको नाम उल्लेख नगर्ने सर्तमा एकजना सवारी चालकले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३