काठमाडौं – नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए । पक्राउ पर्नेमा बिचौलियासमेत छन् ।
प्रवक्ता कोइरालाका अनुसार नागरिक कम्युनिटी टिचिङ अस्पतालका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब म्यानेजर प्रशन्नकुमार झा र ल्याब सञ्चालक भावेश मिश्र पक्राउ परेका हुन् । छिट्टानको साथबाट प्रहरीले ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट प्रहरीले बरामद गरेको छ ।
कान्तिपुर अस्पतालबाट कर्मचारी नागेन्द्रकुमार यादव, माधव मैनाली र ल्याब सञ्चालक निर्मल गिरी पक्राउ परेका छन् । यादवको साथबाट प्रहरीले १७ थान नक्कली पीसीआर रिपोर्ट बरामद गरेको छ ।
पीसीआर परीक्षण नै नगरी नेगेटिभ रिपोर्ट दिने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३