काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवार र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच आइतबार भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपराह्न ४ बजे भेटवार्ता हुन लागेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
देउवा र ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको रिमालले बताए । ‘प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीबीच स्थानीय तहको निर्वाचनको मिति तोक्ने विषयमा छलफल हुन लागेको हो । प्रधानमन्त्रीको एजेन्डा के हो हामीलाई थाहा छैन,’ रिमालले भने ।
प्रधानमन्त्री देउवाले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने भएका छन् । प्रचण्डसँग पनि ४ बजे नै भेटवार्ताको समय तोकिएकाले तीन दलका शीर्ष नेताबीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छलफल हुन लागेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३