Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

छत्तिस प्रतिशत ब्याजमा ऋण काढेर विदेश

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ माघ २६, बुधबार (३ साल अघि)

  • ९७६ पटक पढिएको
  • इलाम – मुलुकमा जीविकोपार्जन गर्ने कमाई र काम नपाएपछि धेरैलाई रोजगारीको लागि बिदेसिनुपर्ने बाध्यता छ । वैदेशिक रोजगारीमा जाने धेरैले महँगो ब्याजमा ऋण लिने गरेका छन् । सुरक्षित आप्रवासन परियोजना (सामी) ले इलाम नगरपालिकाको आप्रवासन पार्श्वचित्र तयार पार्न लिएको तथ्याङ्क अनुसार ३६ प्रतिशतभन्दा बढीसम्म ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएको पाइएको छ ।

    ११७ जनाले २५ देखि ३६ प्रतिशत ब्याजदरमा ऋण लिएर विदेश गएका हुन् । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर पनि वैदेशिक रोजगारीमा जाने गरेको पाइएको सामीका कार्यक्रम संयोजक ईश्वरी तामाङले बताए । ३६ प्रतिशत भन्दा बढी ऋण लिएर तीन जना वैदेशिक रोजगारीमा गएका छन् । ‘विदेश जाने धेरैले ऋण काढेरै विदेश जाने हुन्’, तामाङले भने,‘बैङ्क वित्तीय संस्थाहरूले विदेश जानेलाई ऋण दिँदैनन्, साहु महाजनबाट हतार हतारमा ऋण लिएर विदेश जानेहरू जतिसुकै महँगो ब्याज पनि तिर्न तयार हुन्छन् ।’

    सुरक्षित आप्रवासन परियोजनाले सङ्कलन गरेको तथ्याङ्क अनुसार १६५ जनाले १२ प्रतिशत भन्दा कम ब्याजमा ऋण लिएर वैदेशिक रोजगारीमा गएका छन् । १३ देखि १८ प्रतिशत ब्याजमा ऋण काढेर २८३ जना बिदेसिएका छन् । ४४१ जना १९ देखि २४ प्रतिशतसम्म ब्याजमा ऋण लिएर विदेश गएको पाइएको छ । 

    रोजगारीमा जान ऋणको भार

    वैदेशिक रोजगारीको लागि वित्तीय संस्थाहरूले ऋण दिँदैनन् । त्यसैले अधिकांशले साहु महाजन र आफन्तबाट ऋण लिएर विदेश जाने गरेका छन् । वित्तीय संस्थाबाट लिएको ऋण विदेश जानको लागि खर्च गरेपनि अरुनै प्रयोजन देखाएर ऋण लिने गरेको तामाङ बताउँछन् ।

    इलाम नगरपालिका क्षेत्रका ९४५ जनाले ऋण या सापटी लिएर विदेश गएको तथ्याङ्क छ । त्यसमध्ये ६३४ जनाले आफन्तबाट ऋण लिएका छन् भने २६२ जना साहु महाजनबाट ऋण लिएका छन् । त्यस्तै बचत समूहबाट ३० जना, सहकारीबाट ३६ जना र बैङ्कबाट ८७ जनाले ऋण लिएर विदेश गएको तथ्याङ्क छ । ४०५ जनाले भने आफ्नै श्रोतबाट रोजगारीको लागि विदेश गएका छन् भने, १८ जनाले सम्पत्ति बेचेर रोजगारीको लागि विदेश जाने खर्च जुटाएका हुन् ।

    रोजगारीमा जान लाखौँ खर्च

    सामी परियोजनाको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि धेरैजसो खाडी मुलुक गएका छन् । खाडी मुलुक पठाउन म्यानपावर कम्पनीले दश हजार रुपैयाँ भन्दा बढी रकम लिन पाउँदैनन् । तर, खाडी मुलुक जानकै लागि पनि २० गुण बढी रकम तिर्न बाध्य छन् । २४३ जनाले दुई लाख रुपैयाँ भन्दा बढी रकम खर्चेर विदेश गएको पाइएको छ । १४७ जनाले एक लाख ५१ हजार देखि दुई लाखसम्म बुझाएको पाइएको छ । ६८३ जनाले एक लाखदेखि एक लाख ५० हजारसम्म खर्चिएका छन् । ९९ जनाले ८१ हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म, ७८ जनाले ५१ देखि ८० हजार रुपैयाँसम्म, ११ देखि ५० हजार रुपैयाँ खर्चेर बिदेसिएका छन् । जम्मा २१ जनाले फ्रि टिक फ्रि भिसा मार्फत रोजगारीको लागि विदेश गएका छन् ।

    वैदेशिक रोजगारीको लागि बढी रकम बुझाएर गएपनि उनीहरूले बुझाएको रकमको भरपाई पाउँदैनन् । रोजगारीमा जानेबाट लाखौँ रकम असुलेपनि म्यानपावर कम्पनीले सरकारले निर्धारण गरेको रकमको मात्रै भरपाई दिने गरेका छन् । म्यानपावर कम्पनीहरूले राम्रो काम र कमाईको प्रलोभन देखाएर ठग्ने गरेको सामीका जिल्ला परियोजना संयोजक तामाङले बताए । ‘म्यानपावर कम्पनीले राम्रो काममा पठाइदिने भनेर तोकेको भन्दा धेरै रकम लिन्छन्, तर थोरै पैसा लिएको मात्रै भरपाई दिएको हुन्छ’, उनले थपे,‘कतिले भनेको काम पाउँदैनन्, तलब पनि भनेजति नपाएपछि स्वदेश फर्किन्छन्, यहाँ आएपछि आफूले बुझाएको रकम पनि उठाउन सक्दैनन् ।’ तिरेको रकमभन्दा कमको मात्रै भरपाई लिएपछि म्यान पावर कम्पनीलाई बुझाएको रकम लिन नसकेर धेरै जना ठगिने गरेको तामाङले बताए ।

    धेरैजसो खाडी मुलुक 

    वैदेशिक रोजगारीका लागि अधिकांशको रोजाई खाडी मुलुकनै छ । चाडै भिसा लाग्ने, अर्धदक्ष जनशक्तिले पनि काम पाउने भएकाले खाडी मुलुक जानुपर्ने बाध्यता छ । खासै राम्रो कमाई नहुने भएपछि इलाम नगरपालिका क्षेत्रका धेरैजसो वैदेशिक रोजगारीको लागि खाडी मुलुकनै गएको पाइएको छ । ३१४ जना मलेसिया, २०६ जना साउदी अरब, २८२ जना दुबई, २११ जना कतार ४२ जना कुवेत, १५ जना ओमन रोजगारीको लागि गएका छन् ।

    पाँच पटकभन्दा बढी रोजगारीको लागि विदेश

    वैदेशिक रोजगारीमा गएर फर्किएकाहरू मुलुकमानै स्वरोजगार नहुँदा पटक पटक बिदेसिने गरेका छन् । कतिसम्म भने एकै जना व्यक्ति पाँच पटकसम्म वैदेशिक रोजगारीको लागि विदेश धाउने गरेका छन् । तथ्याङ्क अनुसार ४० जना पाँचौँ पटक र त्यस भन्दा बढी पटक रोजगारीको लागि विदेश गएको पाइएको छ । वैदेशिक रोजगारीको कमाई अनुत्पादक क्षेत्रमा लगानी गर्दा पटक पटक बिदेसिनुपर्ने बाध्यता छ । कतिपयले विदेशमा गरेको कमाई घर बनाउन, घडेरी किन्न या घरखर्चमानै सक्ने गरेका छन् । विदेशको कमाइ आम्दानी मूलक क्षेत्रमा लगानी नगर्दा पटक पटक रोजगारीको लागि विदेश जानुपर्ने अवस्था छ । सामी परियोजनाको तथ्याङ्क अनुसार चौथो पटक विदेश जानेको सङ्ख्या ३८, तेस्रो पटक जानेको सङ्ख्या १२३ जना, दोस्रो पटक विदेश जानेको सङ्ख्या, ४७२ र पहिलो पटक रोजगारीको लागि विदेश जानेको सङ्ख्या ७६६ रहेको छ ।

    ५० बर्षपछि पनि रोजगारीको लागि विदेश

    कतिपय उमेर ढल्किँदै जाँदा समेत विदेशी भूमिमा कमाउन जान्छन् । पटक पटक विदेश जानेहरू ५० वर्ष काटिसक्दा समेत विदेश जाने गरेको पाइएको छ । इलाम नगरपालिका क्षेत्रका एक हजार ४९३ वैदेशिक रोजगारीमा गएका छन् । ती मध्ये २१ जना ५० वर्षभन्दा बढी उमेरका छन् । यस्तै २२८ जना ४१ देखि ५० वर्ष उमेरका छन् । ३१ देखि ४० वर्षका ६३१ जना, २१ देखि ३० वर्ष उमेरका ६३१ र १८ देखि २० वर्षका चार जना रहेको सामी परियोजनाको तथ्याङ्क छ ।

    प्रतिक्रिया दिनुहोस
    परदेश सम्बन्धि थप
  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
    हरप्रहर

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो
    हरप्रहर

    विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution