काठमाडौँ – नेपाली बजारमा सुनको भाउ शुक्रबार एक सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुन तोलाकाे ९३ हजार नौ सय रुपैयाँ कारोबार भएको थियो ।
यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९३ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । बिहीबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार साेही मूल्यमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३