काठमाडौं – माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता खारेजी र उक्त पार्टीका १४ सांसदलाई पदमुक्त गराउन माग गर्दै दायर रिटमा आज सुनुवाइ हुँदैछ ।
सुनुवाइका लागि रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक नेकपा एमालेका अध्यक्ष केपी ओली हुन् । उनले गत १७ भदौमा रिट दायर गरेका हुन् ।
९ भदौमा निर्वाचन आयोगले नेपाल नेतृत्वमा दल दर्ता गरेपछि ओली सर्वोच्च पुगेका हुन् । उनले रिटमार्फत् एकीकृत समाजवादी पार्टीको दर्ता खारेजी गर्न माग गरेका छन् । एमालेले कारबाही गरेका सांसदहरूलाई पनि पदमुक्त गर्नुपर्ने उनको माग छ । रिटमा निर्वाचन आयोग विपक्षी रहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३