काठमाडौं – ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार २९० जना सवारी चालकमाथि कारवाही गरेको छ ।
शनिबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियमको पालना गरेको नपाइएपछि उनीहरुलाई कारवाही गरिएको हो ।
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १०२ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६५ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६० जना र ढोका खुल्लै राखेर सवारी चलाउने ५३ जना सवारी चालक छन् ।
यस्तै शनिबार नै अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना, मदिरा पिएर सवारी साधन चलाउने ५४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ९ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३