विशाल बस्नेत, महोत्तरी – मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) मा भने स्वत अन्य दलका नेता तथा कार्यकर्ता भित्रिने क्रमको व्यस्तता बढेको देखिएको छ ।
एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडाैँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए ।
स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा विवादका कारण नेकपा एमालेको जिल्ला अधिवेशन हुन सकेको छैन । यही विवादको फाइदा एकीकृत समाजवादीलाई मिलिरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३