काठमाडौं – काठमाडौंको बौद्ध स्थित ह्यायत रिजेन्सी होटलमा पार्किङमा राखिएको कारमा ठूलो परिणाममा युरेनियम फेला परेको छ । महानगरिय प्रहरी परिसरका प्रहरी उपरिक्षक दिनेश मैनालीका अनुसार उक्त होटलमा पाकिङमा राखिएको बा ५ च ८२०९ नम्बरको कारमा दुई केजी ८०० ग्राम युरेनियम फेला परेको हो ।
उक्त स्थानबाट ८ जना व्यक्ति समेत पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्चीका बर्ष ३४ को भुपेन्द्र खड्का, सिन्धुपाल्चोकको हेलम्बुका बर्ष ४० को रामकृष्ण लामिछाने, ललितपुरका बर्ष ६० को नवराज महत, सिराहा बर्ष ४० को गोपिलाल दास, बर्ष ५५ को जिवछ नारायण यादव, महोत्तरीका बर्ष ३८ को सुरेन्द्र प्रसाद चौधरी, भारतका बर्ष ६३ को उपेन्द्र कुमार मिश्र र भारतकै बर्ष ४४ को राजु ठाकुर रहेका छन् ।
उक्त युरोनियम भनिएको पदार्थसहित भुपेन्द्र बहादुर खड्का र नवराज महतलाई फेला पारी सोधपुछ गर्ने क्रममा उक्त युरोनियम जस्तो देखिने पदार्थलाई निजहरुले भारतबाट ल्याईएको पाइएको छ । उक्त युरेनियम प्रति केजि ३५ करोडमा बिक्री गर्न लागेको अवस्थामा नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौंको बौद्ध इलाकामा केही ब्यक्तिहरुले बिभिन्न समूह बनाई युरेनियमको सङ्कलन तथा भण्डारण गरी उच्च मूल्यमा बिक्री बितरण गर्दैछन् भन्ने सूचनामा प्रहरी प्रधान कार्यालय नक्सालबाट सादा पोशाकमा प्रहरी परिचालन भएका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३