काठमाडौँ – अभियन्ताको नाममा बेलबेला चर्चा र विवादमा आउने गरेका ज्ञानेन्द्र शाही राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् ।
राप्रपा पदाधिकारीको मंगलबारको बैठकले शाही नेतृत्वको ‘हाम्रो नेपाल, हामी नेपाली’, अभियानलाई पार्टीमा समाहित गर्ने निर्णय गरेको हो ।
महामन्त्री धवलशमशेर राणा नेतृत्वको वार्ता समितिले शाही समूहसँग वार्ता गरेको थियो । वार्तामा शाही राप्रपामा समाहित हुन तयार भएका हुन् । श्रोतका अनुसार शाहीलाई प्रवक्ताको जिम्मेवारी दिने तयारी छ ।
अध्यक्ष राजेन्द्र लिङदेनले केही दिनभित्रै शाहीलाई पार्टी प्रवक्ताको जिम्मेवारी तोक्ने एक नेताले जानकारी दिए । लिङदेनले यसअघि १७ माघमा मोहन श्रेष्ठ, भक्तिप्रसाद सिटौला, सगुन लावती र गोपाल दाहाललाई प्रवक्ता तथा प्रवीनकुमार थोकर, दिनेशकुमार साह र पूर्णबहादुर चन्दलाई सहायक प्रवक्ता नियुक्त गरेका थिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३