काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।
नेकपा माओवादी केन्द्रका भ्रातृ संगठन, राप्रपाको भ्रातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका साथै ५ वटा साना कम्युनिस्ट पार्टी समेतको छुट्टाछुट्टै प्रदर्शनका कारण बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो। प्रतिनिधिसभामा एमसीसी टेबुल नगर्न दवाव दिँदै भएको प्रदर्शनका क्रममा आन्दोलनकारीले निषेधित क्षेत्र तोड्दा झडपको स्थिति सिर्जना भयो भने सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् भने दर्जनौँ पक्राउ परेका छन्।
माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।
प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३